इडनमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

इडनमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

बुटवल -इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल ११ नहरपुरमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। २० र २१ गते सम्पन्न भएको प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मको १९ गते र कक्षा २ देखि १२ सम्मको २० गते सम्पन्न भएको थियो। प्रतियोगिता १ सम्मको कक्षागत तथा २ देखि १२ सम्मको अन्तरसधानात्मक सम्पन्न भएको हो। अन्तर सधानात्मक प्रतियोगितामा नीलो सदनको समूह पहिलो हरियो सदनको समूह दोस्रो र रातो सदनको समूह तेस्रो भएका थिए। त्यसैगरी खुल्ला प्रतियोगिता तर्फ मुस्कान गुरुङको समूह प्रथम साहिस्ता शाही ठकुरीको समूह दोस्रो र प्रतीक्षा थापाको समूह तेस्रो भएका थिए। कार्यक्रममा कक्षागततर्फ प्रथम द्वितीय तृतीय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी सदनात्मक तर्फ प्रथम द्वितीय र तृतीय हुनेलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै खुल्लातर्फ प्रथम हुनेलाई नगद ४ हजार मेडल र प्रमाणपत्र द्वितीय हुनेलाई नगद ३ हजार मेडल र प्रमाणपत्र तृतीय हुनेलाई नगद २ हजार मिटर र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता तथा उपप्राचार्य कुशल बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मन्टेसोरीदेखि कक्षा १ सम्मका १३ टिम कक्षा २ देखि १२ सम्मका अन्तरसधनात्मक चार टिम र खुल्लातर्फ पाँच गरी नौ टिम सहभागी रहेका थिए।

प्रकाशित मिति : शनिबार, भाद्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij