प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं : प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दैछ।

 

 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ। बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो।

यस बाहेक  निर्वाचन आयोगमा एक सदस्य रिक्त छ। यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ।

राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा  ढिलाइ हुँदै आएको छ। आजको बैठकले  हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।

निर्वाचन आयोगमा रिक्त पदको नियुक्ति विवादित बनेको छ। यसअघि सिफारिस गरिएका कृष्णमान प्रधान यौनशोषण आरोपमा मुछिएका कारण सुनुवाइका क्रममा रोकिएका थिए।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij