अपांगता भएका महिला तथा बालबालिकाकाे सवालमा सञ्चारकर्मीकाे भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । एक्सेस प्लानेटकाे अायाेजनामा युएसएड , स्ट्याण्ड , द एशिया फाउन्डेसनको सहयोगमा सोमबार तिलाेत्तमामा भएको कार्यक्रममा अपांगता भएका व्यक्ति तथा महिलालाई ध्यानमा राखेर न्यायमा पहुँच कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले
अपांगताकाे सवालमा समाजले भाषिक शुद्धतालाई ध्यान दिन जरुरी रहेकाे बताउँदै यस्ता व्यक्तिहरूलाई दयाकाे भाव नभई सहयाेग र सम्मानजनक वातावरणकाे सृजना गर्न जाेड दिइन् । छ । उनले अपांगताको परिभाषा र तथ्यांकका विषयमा प्रकाश पार्दै अपांगता भएका व्यक्तिका लागि सीप अवरोध भएको बताइन् । कार्यकारी निर्देशक नेपालले अपांगताकाे विषयमा प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रममा पत्रकार आरपी आचार्यले लुम्बिनी प्रदेशमा अपांगता भएका व्यक्तिहरूकाे वास्तविक अवस्था नियाल्न जरुरी रहेकाे सुझाएका छन् ।
त्यस्तै संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले अपांगता भएका व्यक्तिका प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका विषयमा ध्यान नगएकोमा गुनासो गर्दै यो विषय उठानमा आगामी दिनमा सुधार गर्नुपर्ने खाँचो औंल्याइन् ।
कार्यक्रम एक्सेस प्लानेटका फाइनान्स अफिसर सञ्जु श्रेष्ठ र एशिया फाउन्डेसनका रघुनाथ रानाले संयोजन गरेकाे थिए ।
प्रकाशित मिति : मंगलबार, असोज ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्