बुटवलमा शास्त्रीय संगीत सभा सम्पन्न

बुटवलमा शास्त्रीय संगीत सभा सम्पन्न

संगीत साधकहरुका लागि बुटवलमा शास्त्रीय संगीत सभा सम्पन्न भएकाे छ । शास्त्रीय संगीतकाे जगेर्ना र उजागर गर्ने उदेश्यले वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलको अायाेजनामा शनिबार शास्त्रीय सभा सम्पन्न हाे । जापानिज ध्रुपद गुरु इनाेउ साे र विशाल भट्टराईको युगल प्रस्तुतिमा शास्त्रीय संगीतकाे मूल विधाकाे ध्रुपद गायन प्रस्तुत गरिएकाे हाे । कार्यक्रममा प्रस्तुति दिँदै विशाल भट्टराईले ध्रुपद गायन शास्त्रीय संगीतकाे प्राचीन शैली भएकाे बताए । उनले शास्त्रीय संगीत र ईश्वर भनेकाे मनले महसुस गर्ने कुरा भएकाे बताए । उनले ईश्वरलाई जसरी महसुस गरिन्छ , संगीत पनि महसुस गरिने चीज भएकाे बताए ।

अाेशाेधारा ध्यान केन्द्र मंगलापुरका अध्यक्ष गिरी प्रसाद गैह्रेले शास्त्रीय संगीत भनेकाे अाफैले अाफूलाई चिन्ने माध्यम भएकाे बताए ।
कार्यक्रममा एकेडेमीका व्यवस्थापक दावा शेर्पाले यसरी बुटवलमै शास्त्रीय संगीतकाे बारेमा कार्यक्रम गर्न पाउँदा
कार्यक्रममा बाेल्दै एकेडेमीका सञ्चालक लालिमा श्रेष्ठले पहिले मन्दिरमा गाइने शास्त्रीय गायन समयकाे अन्तरालपछि राजदरबारमा हुँदै सामान्य जनस्तरमा अाइपुग्नु राम्रो पक्ष भएकाे बताइन् ।

प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij