बुटवल -गुल्मी धुर्कोट ४ जैसीथोक घर भइ हाल बुटवल ११ निवासी राजकुमार बिकले लुम्बिनी अपागं दृष्टिविहिन अनाथ आश्रम मा खाद्यान सहयोग गरेका छन् । बुटवल १५ उजेलापुरमा रहेको आश्रममा स्व.बुवा बाबुलाल विश्वकर्मा र आमा पुतला बिस्वकर्माको वाषिर्क सोर्ह श्राद्व तिथिको अवसर पारेर आश्रितहरुका लागि एक छाक खाना सहित खाद्यान्न सहयोग गरेका हुन् । आश्रममा उनले दैनिक रूपमा अतिआवश्यक चामल, आलु ,दाल, नुन, तरकारी,साबुन बिस्कुट चिउरा सरफ तेल लगायत करिब १५ हजार बढीको सहयोग गरेको बताए ।
बुवा र आमाको सम्झनामा एक दिनको खाना र खाद्यान्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै जनाले आफ्नो सुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा आश्रममा सहयोग गर्नुपर्ने समाजसेवी राजकुमार बिकले बताए ।
उनले बुटवलमा रहृका अरु आश्रमकाे तुलनामा याे आश्रम प्रचार प्रशारकाे कमी वा बजार भन्दा अलिक टाढा पर्ने भयकाेले यहां सहयाेगि दाताहरुककाे अभाब खडकीएकाे महसुस गरी सबै सहयाेगी मन भयका दाताहरु प्रति याे आश्रममा पनि सहयाेगि हातहरु बढाउन अनुराेध गरे ।
साथै अनावश्यक फजुल खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका मिल्ने र अरुको जिवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय बुवा आमाको स्वर्गारोहण भएको तिथिमा हरेक बर्ष विभिन्न आश्रमहरुमा भोजन दान र खाद्यान्न सहयोग गरेको बताए ।
सो अवसरमा आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले यस आश्रममा आश्रितलाई खाना र खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै संस्था सन्चालन गर्न बिभिन्न संघ संस्थाको सहयोगले नै चलेकोले अरु विभिन्न व्यक्ति र संघसंस्था संग सहयोगको अपेक्षा गरे ।
आश्रममा हाल २० जना वालबालिका,९जना दृष्टिविहिन ,३ जना शारिरिक अपागंता,२ भोलिन्टियर गरी ३४ जना आश्रीत रहेका छन् ।
प्रकाशित मिति : बुधबार, असोज १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्