बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा ९राई ० पक्षबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् ।
तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ ।
मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको भोलि बिहान शपथग्रहणको तयारी भएको बताए ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्