लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, मन्त्रालयले अझै पूर्णता पाएन

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, मन्त्रालयले अझै पूर्णता पाएन

बुटवल,
लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीवार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।
बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिएका छन् । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा का हुन् ।लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एकजना गरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हालेका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नवनियुक्त मन्त्रीको शपथ गरिएको हो ।

नेपाली कांग्रेस र नेकपा ९एमाले० का ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij