काठमाण्डाै – सत्तारूढ सात दलले सडकबाट लाेकतान्त्रिक व्यवस्था र सरकारकाे विकल्प खाेज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे बैठकपछि ७ बुँदे संयुक्त वक्तव्य निकाल्दै लाेकतन्त्रकाे विकल्प अझ उन्नतस्तरकाे लाेकतन्त्र भएकाे तथा सरकारकाे विकल्प खाेज्ने बाटाे संसद् र नयाँ जनादेश नै भएकाे बताएकाे छ । याेभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लाेकतन्त्रकाे मूल्य र मान्यता विपरीत हुने सत्तारूढ दलले निकालेकाे संयुक्त वक्तव्यमा उल्लेख छ ।
यस्तै सत्तारूढ दलहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतामाथि बल पुर्याउने गतिविधि पनि उचित नहुने कुरा विज्ञप्तिमा जनाएका छन् ।
संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गर्नुभएकाे छ ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गर्नुभयो । उहाँले सत्ता साझेदार दलहरूबीच थप छलफल गरेर सरकारलाई अझ प्रभावकारी बनाउने सहमति भएको पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्