सल्यानमा ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो : ७ घाइते

सल्यानमा ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो : ७ घाइते

काठमाण्डौ – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो ।

कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा हुँदा स्थानीयवासी १४ वर्षीय गोबर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ बर्षीया सिर्जना बस्नेतको ज्यान गएको थियो ।

दुर्घटनामा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, संजीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते हुनुहुन्छ । उहाँहरु सबैको कपुरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij