प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

 

 

साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल  हुने जनाइएको छ। प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ। सरकारले यसबारे तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

यस्तै आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाइएको छ। निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको गत कात्तिक ८ गते काटिदिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको निर्देशनलाई पनि अटेर गर्दै आएका  छन्। व्यवसायीले पनि महशुलको बक्यौता तिर्नु परे बिल भन्दै आएका छन्। घिसिङले सरकारलाई नटेरेको  उर्जा मन्त्री खड्काको बुझाइ छ। आजको बैठकमा सो बारेमा पनि छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij