बुटवल-हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । रुपन्देहीको सुन्दर नगर ,तिनाउ नदि किनार, जितगढि तिनाउ नदि किनार , बुध्दनगर, रोहिणी नदी किनार,दानव नदि र कञ्चन नदिको संगमस्थल रूपन्देहीको गैडहवा गाउँपालिकाको सुर्यपुराको सन्तेश्वरघाटको संगमस्थल लगायतका नदि किनारमा सन्ध्याकालिन अर्ग दिई छठ पर्व मनाईएको हो ।शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।
तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व पछिल्लो समय काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा धुमधामका साथ मनाइन थालिएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्