पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।  एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार जानकारी दिएको छ।

उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन्।”

गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन्। “घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,” अलीले भने।

त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले  बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ।

दुलहाको परिवार विवाहका लागि ५०० किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट–बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको थियो।

पाकिस्तानमा सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यधिक रहेको छ। यातायातका पूर्वाधार जीर्ण हुनु, पूराना सवारी साधनको प्रयोग, ट्राफिक नियमको पालनामा लापर्बाहीलगायतका कारण हुने सडक दुर्घटनाका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गर्छन्।

बलुचिस्तानको मकरान सामुद्रिक राजमार्गमा गत अगस्टमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।

सोही महिना पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पट्टन शहर नजिकै एउटा बस सडकबाट खोल्सोमा खस्दा बसमा सवार २४ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij