उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरू गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्को सामना गर्नुपरेको बताए।
‘गाउँपालिका तथा नगरपालिकाहरूमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढीपहिरो जाने समस्या देखिरहेका छौं। बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढीपहिरोले पुष्टि गरिसकेको छ। त्यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधि प्रयोग गरेर बाटो निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ,’ मन्त्री सिंहले भने, ‘जथाभाबी मेसिनहरूको प्रयोग मात्र गरेर हुँदैन। विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्यो नि१’
नेपालमा सडक निर्माण गर्दा मेसिनभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनको भनाइ छ।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्