प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाण्डौ – नेपाल र चीन दुवै देशले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले आज एकसाथ विज्ञप्ति निकालेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली आउँदो मङ्गलवार पाँच दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्तासँगै पेकिङ विश्वविद्यालयमा हुने कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबीच प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा चीन पुग्नुभएको छ । सिचुवान प्रान्तको छेन्दुमा पुग्नुभएकी राणाले त्यहीँ चीनका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी गरेको भनिएको ुबेल्ट एन्ड रोड इनिसिएटिभु ९बीआरआई० कार्यान्वयनको खाका सम्बन्धमा छलफल गर्ने तयारी छ । तर सम्झौताको खाकामा सत्ताधारी दलहरू र नेपालभित्रै सहमति जुट्छ कि जुट्दैन भन्ने अझै निश्चित भएको छैन । प्रधानमन्त्रीको चीन भ्रमण र भ्रमण दल स्वीकृत गरेको बिहीवारको मन्त्रिपरिषद् बैठकले पनि चीन भ्रमणका एजेन्डाहरू स्वीकृत गरेको छैन ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij