आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

काठमाण्डौ – निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । गएराति गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् । पर्सि आइतवार हुने पालिका उपचुनावको मौन गएराति १२ बजेदेखि लागू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच पर्सि आइतवार हुने चुनावको नतिजा मङ्गलवारभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ । धेरै ठाउँमा सोमवार नै नतिजा सार्वजनिक हुने र ढिला भएमा पनि मङ्गलवारसम्म नतिजा सार्वजनिक भइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

पालिकामा रिक्त रहेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित ४१ वटा पदका लागि आइतवार मतदान हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij