पुस पहिलो हप्तादेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन गर्दै

पुस पहिलो हप्तादेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन गर्दै

काठमाण्डौ – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आउँदो पुसको पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले यही मङ्सिरमै सिमेन्ट उत्पादन शुरू गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन शुरू हुन सकेको छैन ।

उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै आउँदो पुस महिनाको पहिलो हप्तादेखि सिमेन्ट उत्पादन शुरू गर्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताउनुभयो । उद्योग व्यवस्थापनले गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको हो । भदौ महिनाको तेस्रो हप्तादेखि सिमेन्ट उत्पादन शुरू गरेको उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij