अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू कूटनीतिक भ्रमणमा काठमाण्डौमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू कूटनीतिक भ्रमणमा काठमाण्डौमा

काठमाण्डौ
तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ । उहाँ दिउँसो साढे १२ बजे काठमाण्डौ ओर्लिनुभएको हो । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुनुहुन्छ ।

भारत र श्रीलङ्काको भ्रमणपछि उहाँ नेपाल आउनुभएको हो । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहनुभएका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न काठमाण्डौमा आएको अमेरिकी दूतावासले जनाएको छ । उहाँको भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई सुदृढ पार्ने दूतावासको भनाइ छ ।

अमेरिकाले वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धतालाई जोड दिएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij