लुम्बिनीमा प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन मुख्यमन्त्री आचार्यले बढाए सक्रियता

लुम्बिनीमा प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन मुख्यमन्त्री आचार्यले बढाए सक्रियता

देउखुरी,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाएका छन् । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसँगको भेट र छलफललाई प्राथमिकतामा राखेका हुन् ।
यही क्रममा बेलायती दूतावासकी सहायक राजदुत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहोसहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग सोमबार शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरु पनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र विकासलाई अघि बढाउन प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरुमा दातृ निकायहरुसँग सहकार्य गरेर अघि जान सकिने बताए । ‘प्रदेश आत्मनिर्भर हुने बाटोमा छ । अझैं आत्मनिर्भर भइनसकेको अवस्थामा दातृ निकायहरुको साथ र सहयोगको आवश्यकता छ । प्रदेशको कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्र प्राथमिकता छन् । ती क्षेत्रमा सँगै जान सकिन्छ’उनले भने,‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सबैसँग सहकार्य गरेर अघि बढ्न हामी तयार छौं ।’

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले दोस्रो आवधिक योजनालाई अन्तिम अवस्थामा पु¥याएको, तथ्यांकको आधारमा योजना तथा नीति निर्माणको काम अघि बढेको, डाटा पोर्टल स्थापना गरेर त्यसलाई प्रयोगमा ल्याएको बारेमा भेटको क्रममा जानकारी दिएका थिए ।

सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा।डिल्लीराज अर्यालले प्रदेशको समृद्धि र विकाससँग जोडिएका विषयहरुको बारेमा प्रकाश पारेका थिए ।

प्रदेश सरकारले कृषि, पर्पटन, उद्योग र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर दोस्रो आवधिक योजना निर्माण गरिरहेको समेत जानकारी गराइएको थियो । सो भेट तथा अन्तरक्रियामा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, सभामुख तुलाराम घर्ती मगर, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव लगायत सम्बद्ध पक्षहरुको सहभागीता थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij