बुटवल -अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे २१ अाै वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बुटवल ७ मा रहेकाे सहकारीकाे एक कार्यक्रमका बिच २१ अाैँ वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले सहकारी संस्थामा गल्ती गर्ने जाेकाेहीलाई पनि सजाय हुनुपर्ने बताएका छन् । उनले सुधार गर्न मिल्ने गल्ती सुधार्न जरुरी रहेकाे र सुधार्न नसक्ने गल्तीलाई कानूनसंमत तरिकाबाट जानुपर्नेमा जाेड दिए । कार्यक्रमका प्रमुख अतिथि उनले सिंगाे सहकारी बचाउन स्वयम् सेयर सदस्य चनाखाे हुनुपर्ने बताउँदै सदस्यहरु सहकारीप्रति सचेत भएमा सहकारी संस्थाहरुमा समस्या नभई सफल र सबल हुने बताए । महासचिव पंगेनीले सहकारी संस्थाका सेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न जरुरी रहेकाे बताउँदै सहकारी शिक्षाकै अभावले पछिल्लो समय सहकारीहरुमा समस्या आएकाे पंगेनीले बताए ।
२०५७ सालमा २५ जनाबाट सुरु भएको संस्थामा हाल ३२२ महिला र २८१ पुरुष गरि ६०० जना सेयर सदस्य सचिव खिमराम ज्ञवाली रहेकाे ।
हाल ९ कराेड २० लाख २२ हजार ५ सय ६१ रहेकाे संस्थाकाे आ व ८०/८१ काे कूल आम्दानी १ कराेड १ लाख ७४ हजार ४ सय १ रहेकाे सहकारीले जनाएको छ । यस्तै संस्थाकाे कूल ऋण लगानी रु ७ कराेड ५५ लाख ४० हजार ४ सय १९ रहेकाे कूल निक्षेप रकम ७ कराेड ४५ लाख ५५ हजार ५ सय ६८ रहेकाे छ ।
कार्यक्रममा सचिव खिमराम ज्ञवाली काेषाध्यक्ष विजय ज्ञवाली , पूर्व अध्यक्ष तथा सल्लाहकार डाेलराज पाण्डे , निवर्तमान अध्यक्ष तथा सल्लाहकार पवित्रा देवी गैह्रे , सल्लाहकार सावित्री खड्का , बसुन्धरा भुसाल , विष्णु पाैडेल , कानूनी सल्लाहकार प्रकाश ढकाल , सेयर सदस्यकाे तर्फबाट रमेश पाण्डे , लगायतले बाेलेका थिए ।
अध्यक्ष बालकृष्ण बस्यालकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष तिल कुमारी पाण्डेकाे स्वागत रहेकाे थियाे ।
प्रकाशित मिति : बुधबार, मंसिर २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्