मानवजन्य मलमूत्र व्यवस्थापन गर्दै प्रांगारिक मल उत्पादन गरेकाे कम्पनीमा जनप्रतिनिधिकाे चासो

मानवजन्य मलमूत्र व्यवस्थापन गर्दै प्रांगारिक मल उत्पादन गरेकाे कम्पनीमा जनप्रतिनिधिकाे चासो

स्थानीय तहकाे ध्यान पुगेन 

बुटवल -रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० काे रामनगर सामुदायिक वनमा रहेको प्रांगारिक मल उत्पादित उद्याेगमा एक टाेलीले अवलोकन गरेकाे छ । नेपालका विभिन्न पालिकाका जनप्रतिनिधि , इन्जिनियरहरु र भारतका इन्जिनियरहरु गरी करिब २५ जनाकाे एक टाेलीले मंगलबार साे उद्याेगमा अवलोकन गरेका हुन् ।अवलोकनमा आएका स्थानीयतहका जनप्रतिनिधिले स्थानीयतहकाे सरकारले गर्नुपर्ने काम युवा र व्यवसायीले गरेकाे भन्दै प्रशंसा गरे । उनीहरूले यति महत्त्वपूर्ण काममा यहाँका स्थानीय तहले चासोसमेत नगरेकाे देख्दा दुख लागेको बताएका छन् ।
साे अवसरमा उद्योगले बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेकाे रामनगर सामुदायिक वनमा मानव मलमूत्रकाे दीगो व्यवस्थापन गर्दैन आएको जनाएको छ । मानवजन्य मलमूत्रकाे दीगाे व्यवस्थापन गर्ने र त्यसबाट प्रांगारिक मल उत्पादन गर्ने उदेश्यसहित साे उद्योग सञ्चालन भएकाे सेनेटरी प्रालिका उपाध्यक्ष राहुल पन्थीले जानकारी दिए।
बुटवल सेनेटरी प्रालिद्वारा सञ्चालित बुटवल फेकल स्टज ट्रिटमेन्ट प्लान्ट बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा सञ्चालित उद्योगले फोहोर रिकभरीसँग डिस्लडिङलाई एकीकृत गर्दछ । स्लजबाट जैविक मल उत्पादन गर्दै दीगो सरसफाइ व्यवसाय मोडेल प्रदर्शन गर्दै आएको बताउँदै पन्थीले बुटवल , तिलोत्तमा , सिद्धार्थनगर , देवदह र सैनामैना सेवा क्षेत्र रहने गरी प्रांगारिक मल उत्पादन गर्न लाखौँ रुपैँया लगानी गरेको बताए।
मानवजन्य मलमूत्र गाईको गोबरसँग मिसाई सह-कम्पोस्ट मल ठोस उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमानामा निर्माण भएको यो सुविधा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका झण्डै नौ वटा निजी डिस्लडिङ सेवा प्रदायक कम्पनीले सहकार्य र लगानीमा निर्माण गरेको हुन् । यो क्षेत्रमा मानवजन्य मलमूत्रको सुरक्षित डिस्पोजल साइटको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।
स्थानीय सरकारले यसको लागि कुनै वास्ता गरेको देखिँदैन यसमा लगानी गर्ने व्यावसायीहरुको गुनासो रहेछो छ ।
यो सुविधा प्राकृतिक प्रशोधन प्रक्रियामा आधारित मेकानाइज्ड डिवाटरिङ युनिटको साथ निर्माण गरिएको हो। सो कम्पनीमा हाल पाँचजना सेयर सदस्यहरू रहेको र करोडाैँको  लगानीमा फोहोर व्यवस्थापनको काम भइरहेको कम्पनीका अध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।
साथै सो कम्पनीले फोहोरलाई मोहोरमा परिणत गर्दै नेपाल जैविक मल नाम दिएर प्रांगारिक मल उत्पादन गरिरहेको छ । साथै सो कम्पनीमा २१ जनाले रोजगारी पाएको कम्पनीका उपाध्यक्ष पन्थीले बताए ।
सो कम्पनी सञ्चालन भएको चार वर्ष बित्दै गर्दा अझैसम्म भने रूपन्देहीका जनप्रतिनिधिहरूको ध्यान गएकाे छैन् ।

प्रकाशित मिति : बुधबार, पुष ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij