भैरहवा,
रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा कुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त संकास्पद बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडि, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । थप बिवरण भने आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्