अमेरिकी लडाकू विमान लाल सागरमा दुर्घटनाग्रस्त

अमेरिकी लडाकू विमान लाल सागरमा दुर्घटनाग्रस्त

अमेरिकी लडाकू विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ । लडाकू विमानलाई आफ्नै गोली लागेको अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ ।

अमेरिकाले हुथी विद्रोहीद्वारा सञ्चालित यमनको राजधानी सानामा मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधाहरूमा शृङ्खलाबद्ध रूपमा हवाई आक्रमण गरेपछि यो घटना भएको हो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार अमेरिकी नौसेनाको लडाकू विमान एफ/ए–१८ होर्नेटमा रहेका दुवै चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको खबरमा उल्लेख छ ।

अमेरिकी लडाकू विमानहरूले लाल सागरमा हुथी विद्रोहीको धेरै ड्रोन र एन्टी–शिप क्रुज मिसाइललाई पनि खसालेका बीबीसीले जनाएको छ । हुथी विद्रोहीले इजरायलको तेल अभिभमा गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो ।

हुथी इरान समर्थित विद्रोही समूह हो जसले यमनको उत्तर–पश्चिमलाई आफ्नो नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij