–इन्डो–नेपाल रनिङ शिल्ड

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू

काठमाण्डौ –इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियशन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी आठ टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशिको भलिबल प्रतियोगिताको पहिलो चरणमा टिकट दर तीन सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : बुधबार, पुष १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij