बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको दोस्रो साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य कृष्ण बिकको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माले अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डोलेन्द्र गहतराजको आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित भएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य कृष्ण सुनारले पछिल्लो समयमा केही सहकारीमा विकृति देखिएको बताए । उनले सहकारीको मूल्य मान्यता र मर्मलाई बुझेर अगाडि बढेमा सहकारीमा समस्या सृजना नहुनेमा जाेड दिए । साथै उनले समाजका सामाजिक आर्थिक र शैक्षिक रूपमा पिछडिएका वर्गका व्यक्तिहरुको उत्थानका निम्ति र आर्थिक रुपमा सशक्त बनाउनको लागि सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता खड्लुकले सहकारीले पछाडि पारिएको वर्ग समुदायको नेतृत्व ,व्यवस्थापन, सामाजिक र आर्थिक क्षेत्रमा काम गरेकोले यो समाजका निम्ति उदाहरणीय काम भएको बताइन् । साथै सहकारीले सदस्यहरुलाई स्वरोजगार बनाउनुका साथै उद्यममा जोड्न आग्रह गरिन।
त्यस्तै विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादुर सुनारले सहकारीहरुले समुदायको विभिन्न वर्गको उत्थानको निम्ति र विपन्न वर्गलाई माथि उठाउने काम गर्नुपर्ने धारणा राखे । सहकारीमा आवद्ध सम्पूर्णलाई बधाई तथा शुभकामना दिँदै उनले समृद्धिको पथमा बिचलित नभई लाग्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगीता धिताल,राष्ट्रिय दलित समाज संघ केन्द्रीय उपाध्यक्ष रवि बिस्वकर्मा,सस्थाका कानुनी सल्लाहकार अधिबक्ता गौमती सुनार , परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बोमरेल, नेपाल सुनचाँदी व्यावसायी महासंघ प्रदेश सदस्य प्रकाशमणि रामदाम, रागश्री संगीतालयका प्रमुख सुरेस सेन्चुरी , सुन्दर गहतराज,संस्थाका आर्थिक अनुसन्धान केन्द्र लुम्बिनी प्रदेश काेषाध्यक्ष जीवन परियार , सुनचाँदी महिला समिति बुटवल अध्यक्ष किरण विश्वकर्मा ,सदस्य गिता बिक लगायतले बोलेका थिए ।
एकका लागि सबै र सबैका लागि एक भन्ने मूल नाराका साथ २०७९ असारमा स्थापना भएको सहकारीमा ४ सय ६० जना शेयर सदस्य र २१ जना बाल बचतकर्ता रहेको लेखा समिति संयोजक मनु खड्काले जानकारी दिइन । सहकारीको शेयर पूँजी ३५ लाख ९५ हजार ५ सय तथा निक्षेप ७१ लाख २५ हजार १७९ र कर्जा लगानी १ करोड १५ लाख ५१ हजार ६ सय रहेको सहकारीका व्यवस्थापक बिमस बिकले जानकारी दिईन ।
कार्यक्रममा २०८० सालको एस ई इ मा ए ग्रेडभन्दा माथि अंक ल्याउने शेयर सदस्यका बालबालिका अनमोल गौतम सुप्रिया बिक र कृष्टि परियारलाई सम्मान गरिएको छ । सहकारीका उपाध्यक्ष पिताम्बर विश्वकर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन फुलु सुनारकाे रहेकाे थियो ।
प्रतिक्रिया दिनुहोस्