भूकम्प

तिब्बत नजिक रहेको खुम्बु क्षेत्रमा भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड

तिब्बत नजिक रहेको खुम्बु क्षेत्रमा भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड

सोलुखुम्बु — मंगलबार बिहान नेपालको सिमाना नजिकै चीनको सिगात्से आसपासमा गएको ७.१ म्याग्निच्युड प्रारम्भिक मापन को भूकम्पको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा झन्डै ३० सेकेन्डभन्दा बढी लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको खुम्बु क्षेत्रमा ठूलो धक्का महसुस भएको हो ।

भूकम्पले घर हल्लाउँदा सर्वसाधारणमा भागदौड मच्चिएको थियो । अहिले डर र त्रासले उनीहरु घर बाहिरै बसिरहेका छन् । चिसोमा बिहानै भूकम्प गएपछि सर्वसाधारण ठण्डीमा घर बाहिरै बसिरहेका छन् । भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति भयो भन्नेबारे विवरण सङ्कलनका लागि प्रयत्न भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए । ‘भूकम्पले ठूलो धक्का दिएको छ, जनताहरू घर बाहिरै छन्,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा कुनै क्षति भएको भए सम्पर्क गर्न हामीले सार्वजनिक आव्हान गरेका छौं ।’

यता प्रहरीले पनि सम्भावित क्षति हुन सक्ने स्थानहरूमा सतर्कता बढाएको छ । खुम्बु क्षेत्रको लबुचे नजिकै केन्द्रविन्दु भएकाले पनि माथिल्लो क्षेत्रका विवरण संकलनमा लागि परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । माथिल्लो क्षेत्रमा पर्यटनको अफ सिजन भएकाले अधिकांश मानिस राजधानी तिर बस्दै आएका छन् । सदरमुकाम सल्लेरी बजारका मानिसहरू घरबाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन् ।

 

 

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij