JanataToday.com

Advertisment

SKIP THIS

बुटवल मजुवामा नवजात शिशु जलेर मृत्यु भएको अवस्थामा फेला

बुटवल मजुवामा नवजात शिशु जलेर मृत्यु भएको अवस्थामा फेला

बुटवल
बुटवल उपमहानगरपालिका–११ मा मृत अवस्थामा नवजात शिशु फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार सोमबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।

मृत अवस्थामा फेला परेकी नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिए पछि फालेको अवस्थामा भेटिएको प्रहरी प्रमुख पण्डितले बताए ।

‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएकी शिशुलाई ५र७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’–उनले भने ।
फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।

 

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij