बुटवल – जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयलाई आजदेखी ४ दिन जाडो विदा दिएको छ । नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा पौषको २५ गतेदेखि २९ गतेसम्म विदा दिने बताएका हुन् ।
‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८१ पौष २५ देखी मिति २०८१ पौष २९ गतेसम्म चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’( सूचनामा भनिएको छ ।
तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन् । केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरसमेतले चिसो बढेको छ ।

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्