काठमाडौँ : रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई पनि धरौटीमा छोड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए।
अन्य आरोपीहरू रास्वपाका सभापित रवि लामिछाने, लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश भएको छ। लामिछानेको हकमा ६५ लाख, पछाईसँग ३७ लाख, रामबहादुरसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरति गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो।
वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। पूरक अभियोजन भने उनीहरू ७ जनामाथि लगाइएको थियो।
प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्