तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरीको नियन्त्रणमा

तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरीको नियन्त्रणमा

बुटवल ,बुटवलमा एकैदिन विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलले संयुक्त रुपमा ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो ।

मोटरसाइकलको साइलेन्सर मोडिफाई ९परिमार्जन० गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’

ईलाका प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले विहिबार एकै दिनमा ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यसैगरी यसअघि विभिन्न समयमा नियन्त्रणमा ल्याएकासहित १७ वटा मोटरसाइकललाई जरिवानासहित कारबाही प्रक्रिया अघि बढेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ट्राफिक प्रहीले चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारीधनीबाट जरिवाना बापतको राजश्व उठाउँदै आएको छ ।

ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आर्थिक वर्षमा बुटवल बजार क्षेत्रभित्रबाट मात्रै ६५ वटा मोटरसाइकल तथा स्कुटरलाई लियन्त्रणमा लिएर ६ लाख ५० हजार राश्व संकलन गर्न सफल भएको थियो । ट्राफिक प्रहरीले बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका आधारमा ३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी उपरीक्षक न्यौपानेले जानकारी दिए । अहिलेको कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउँदै लैजाने बताउँदै उनले स्वरुप परिवर्तन गरिएका सवारीबाट नियन्त्रण गरिएका साइलेन्सर लगायतबा बस्तुहरुलाई जफल गरेर राखिएको उल्लेख गरे ।

अभियानलाई थप प्रभावकारी बनाउन अब स्वरुप परिवर्तन गर्ने वर्कसप तथा ग्यारेजहरुलाई समेत कारबाहीको दायरामा ल्याउने तयारी रहेको उनले बताए । सडकमा गरिने स्टण्टबाजी, स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण लगायका गतिविधिले शान्ति सुरक्षामा समेत खलल पुग्ने बताउँदै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले अभियानलाई निरन्तरता दिइने उल्लेख गरे ।

प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij