बुटवल – पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध सडक डाइभर्सन निर्माणपछि आंशिक सञ्चालनमा आएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रु तथा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन डाइभर्सन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डाइभर्सन निर्माणसँगै साँझ करिब ७ बजेदेखि ठूला तथा साना सवारीका साधन चल्न सक्ने भएका हुन् । डाइभर्सनलाई थप सहज बनाउनका लागि थप निर्माण कार्य भने जारी रहेको छ ।
पुल भासिएपछि भारतीय मालबहाक ट्रकको ओभरलोडका कारण पुल भासिएको भन्दै सर्वत्र आलोचना भएका छन् । नेपालका ढुवानी व्यवसायी तथा विभिन्न संघ(संस्थाहरुले भारतीय मालबहाक ट्रकहरु सडक क्षमताभन्दा ओभरलोड हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । शुक्रबार पनि पुलमा मालबहाक भारतीय ट्रक ९लरी० गुडिरहेको समयमा पुल भासिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्