वर्तमान सरकार सत्ताकै लागि बनेको हो : घनश्याम भुसाल

वर्तमान सरकार सत्ताकै लागि बनेको हो : घनश्याम भुसाल

बुटवल-नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले काँग्रेस र एमाले वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकिकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । उनले काँग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । उनले संविधान वर्तमान केपि ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताए ।  उनले सरकारले रास्वपाका सभापती रविलामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्धा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए ।
अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकिकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले  स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पुजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब काँग्रेस एमालेको विकल्पमा आफुहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको विचमा आउने दावी गरे ।
बैठकमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रयि समितिको सर्कुलका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारी सहित प्रदेशका, जिल्ला र जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिती थियो ।
बैठकमै नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाश भक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । यसैगरी नेकपा एमाले क्षेत्र न. १ का पूर्व क्षेत्रिय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा न. ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन् । महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा सवागत गरेका हुन् । विस्तारित बैठकले नेकपा एकिकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन आगामि चैत ९ गते बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताए ।  यस्तै बैठकले आगामि माघ मसान्तसम्म सदस्यता नविकरण छुट भएका र नयाँ सदस्यता दिने निर्णय समेत गरिएको उपसचिव टंक पोखरेलले बताए । यस्तै अधिवेशनका लागि तयारी समितिहरु समेत गठन गरिएको अर्का उपसचिव मिरा श्रेष्ठले बताईन ।

प्रकाशित मिति : शनिबार, पुष २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij