तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित

तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको छैठौं अधिवेशनको विभिन्न प्रस्तावका ऐन पारित गर्दै सम्पन्न भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकले नगरपालिकाको आर्थिक ऐन, २०८१ प्रथम संशोधन २०८१ पारित गरेको छ ।

त्यस्तै नगरपालिकाको विभिन्न बाँकी रहेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित गरेको छ । सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राधा शाहीले प्रस्तुत गरेका कार्यपालिकाका निर्णयहरु सर्वसम्मतले पारित भएको हो । नगरसभामा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले प्रस्तुत गरेको आर्थिक ऐन, २०८१ प्रथम संशोधन २०८१० र न्यायिक समितिको प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ ।

सभाले व्यवसाय करसँग सम्बन्धित विषयका प्रस्तावहरु र सम्पत्ति कर तथा भूमि करसँग सम्बन्धित प्रस्तावहरु समेत पारित गरेको छ । प्रस्तावित विषयका बारेमा नगरसभा सदस्य तथा वडा नम्बर ४ का वडा सदस्य मित्रलाल न्यौपानेले न्यायिक निरुपण र नदीजन्य पदार्थका विषयमा राय राखेका थिए ।

नगरसभाले तिलोत्तमा नगरपालिकाको हालसम्मका कार्यपालिकाका निर्णयहरुमा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवी चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए ।

नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझावसहित कार्यपालिका सदस्य, नगरसभाका सदस्यहरुले राखेका भनाइ र नगरको प्रशासनिक नीतिको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहजीकरण गरेका थिए ।

नगरसभामा सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश बस्याल, सूचना प्रविधि प्रमुख ई।सुदिप ढकाल लगायत विषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागीता थियो ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij