सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान

प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी पुनःस्थापनालाई प्राथमिकता दिने

प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी पुनःस्थापनालाई प्राथमिकता दिने

तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो । सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताउनु भयो । ‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ’मुख्यमन्त्री आचार्यले भ’न्नुभयो कार्यविधि यसै वर्ष बनाउछौं ।’ आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उहाँको भनाइ छ ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ । प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको जनाइएको छ । भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ ।
प्रदेश सरकार र मानवसेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिका , बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उप्रमुख, उद्योगी–व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : सोमबार, माघ ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij