काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि जिल्ला अदालत रुपन्देहीले परिवारको जिम्मामा छाडेको छ ।
आज थुनछेक बहस नसकिएपछि अदालतले भोलि उपस्थित हुने शर्तमा लामिछानेलाई छाडिदिएको हो । भोलि थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।
लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालयले गएको आइतवार मुद्दा दायर गरेको थियो । लामिछानेलाई जिल्ला अदालत कास्की र काठमाण्डौले धरौटीमा छाडिसकेका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्