बुटवल -इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल ११ नहरपुरले निःशुल्क आँखा शिविर बृहत पुस्तक प्रदर्शनी तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ। आँखा शिविरमा बुटवल लायन्स क्लबको प्राविधिक सहयोग रहेको थियो। विद्यालयले आयोजना गरेको आँखा शिविरमा पाँच सय जना विद्यार्थी र अभिभावकले आँखा परीक्षण गरेका छन्। शिविर आयोजना गरी बालबालिकाहरूको आँखा परीक्षण गर्दा आँखाको सुरुको अवस्था थाहा पाउन सकिने भएकाले विद्यालयले आफ्ना बालबालिकाहरूलाई लक्षित गरी यो शिविरको आयोजना गरेको विद्यालयका सहप्रचार्य कुशल बस्यालले बताउनुभयो । विद्यालयमा गरिएको आँखा शिविरमा केही बालबालिकाहरूलाई सामान्य समस्या देखिए पश्चात् औषधि तथा जटिल देखिएका विद्यार्थीहरूलाई अस्पतालमा रिफर गरिएको थियो।
यस्तै पुस्तक प्रदर्शनीमा बुटवल बुक्स मार्ट र विशाल पुस्तक पसलको सहयोग रहेको थियो। पुस्तक प्रदर्शनीमा करिब एक हजार जना विद्यार्थी तथा अभिभावकहरुद्वारा अवलोकन र पुस्तकहरू किनबेच भएका छन् । विद्यार्थीहरूको पठनीय क्षमतामा वृद्धि उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिनुभयो ।
विद्यालयले लिने प्ले ग्रुपदेखि कक्षा ९ सम्मको तेस्रो त्रैमासिक परीक्षाको नतिजा तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको हो।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्