तिलोत्तमा, रुपन्देहीको तिलोत्तमामा जारी एक विद्यालय एक सृजनसिल कार्यक्रम अन्तर्गत हुने बाल साहित्य महोत्सव हुने भएको छ। तिलोत्तमा१२ स्थित मोहनाजोतमा रहेको जनता माध्यामिक विद्यालयमा प्रमुख अतिथीको रुपमा मदन पुरुस्कार बिजेता कवि तथा गितकार डा। नवराज लम्साल आउने भएका छन।
कार्यक्रममा बाल साहित्य सम्बन्धि सेसन नै चल्ने र सो सेशनको डा। नवराज लम्सालले सहजीकरण गर्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामजिक बिकास समितिका संयोजक रवि सेन्चुरीले बताए। बाल साहित्य महोत्सव २०८१ नाम दिइएको सो कार्यक्रम बिहानको ठिक ८स्३० बजे देखि शुरुवात हुने सेन्चुरीले बताए।तिलोत्तमाका बिद्यार्थीहरुलाई सहभागी गराउने यस खालको कार्यक्रममा सहभागिता जनाउन सबै शुभचिन्तकलाई आग्रह गर्दै विद्यार्थीलाई हौसला प्रदान गरिदिन प्रधानाध्यापक शालिकराम खनालले आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा कक्षा १० सम्मका बिद्यार्थीहरुबीच कबिता प्रतियोगिता, चित्रकला प्रतियोगिता, फोटो प्रदर्शन, साथमा प्यानल डिस्कसन हुनेछ। नेपाली भाषा साहित्यलाई माया गर्नुहुने,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सम्पुर्ण शिक्षक एबम बिद्यार्थीहरुलाई कार्यक्रममा उपस्थित भई डा। लम्सालको प्रस्तुति रहने छ। १ दिनमा सकिने सो कार्यक्रममा उत्कृस्ट हुने विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र समेत प्रदान गरिने छ। एक विद्यालय एक सृजनसिल कार्यक्रम अन्तर्गत तिलोत्तमका बिद्यालयमा विभिन्न कार्यक्रम हुँदै आएको छ।
प्रकाशित मिति : आइतबार, माघ १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्