लुम्बिनीका १५ लाख जनाभन्दा धेरै नागरिककाे पहुँचमा शुद्ध खानेपानी

लुम्बिनीका १५ लाख जनाभन्दा धेरै नागरिककाे पहुँचमा शुद्ध खानेपानी

अर्घाखाँची – लुम्बिनी प्रदेश सरकारले १५ लाख ७ हजार ६ सय ६३ जनामा शुद्ध खानेपानीको पहुँच पुगेको दाबी गरेको छ । प्रदेश सरकारले २ लाख ३७ हजार ३ सय ४८ वटा धारा वितरण भएका पनि जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको दाबी गर्नुभयो । अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ भालुवाङमा भएको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको हो ।

लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । यी आयाेजनामा १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बजेट रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij