नवलपुर – नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ३७ बर्षीय तावाराक अहमद मिँयाकाे निधन भएकाे छ । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । आज एमालेकाे आजबाट शुरू भएकाे युवा संगठन राष्ट्रिय युवा संघ नवलपुरकाे १० औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उनी अचानक बेहाेस भएका थिए । ईलाका प्रहरी कार्यालय गैडाकाेट नवलपुरका अनुसार २:३० तिर बेहाेस भएका उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेच भरतपुरमा लगिएकाेमा १४:४४ बजे चिकित्सकले मृत घाेषणा गरेकाे थियाे । उनी राष्ट्रिय युवा संघ नवलपुरका सहसचिव पनि थिए । उनकाे निधन पछि अधिवेशन स्थगित भएकाे युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए । शनिवार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण मियाको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरीले बताए । ३७ वर्षका मियाका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
प्रकाशित मिति : शनिबार, माघ १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्