काठमाण्डौ – साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् ।
साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको ज्यान गएको हो ।
दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु रहेका छन् । लिम्बुको जिजानमा उपचार भइरहेको छ । अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन ९एसीआईसी० कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने कामदार दुर्घटनामा परेका हुन्
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्