तिलोत्तमा ,तिलोत्तमा वडा नं तीन मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि को सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शिक्षा उप समितिको संयोजकत्वमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासेले सहजीकरण गर्नुभएको थियो। सो अबसरमा संस्थाका अनुगमन तथा सुपरीवेक्षण समिति सदस्य गणेश गुरुङ,पुर्व संचालक समितिका सदस्य दयाराम खनाल, लेखा सुपरिवेक्षण समिति संयोजक बलराम ढकाल , संचालक समितिका सदस्य दिपक लामिछाने, कोषाध्यक्ष हरि प्रसाद बश्याल लगायतले बोल्नुभएको थियो। संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि अर्जुन प्रसाद सापकोटा ले सहकारीमा आबद्ध सेयर सदस्यहरुलाई ढुक्क भई बचत गर्न तथा भएको बचत सुरक्षित रहेको र संस्थामा गलत इन्डिकेटर नरहेको जानकारी गराउनुभयो।
शिक्षा उप समिति संयोजक अन्जु ज्ञवाली गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष प्रभा भण्डारी घामिरेले गर्नु भएको थियो।
होटल बिग चियर, तिलोत्तमा वडा नं तीन को सभाहलमा आयोजित कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना शर्मा ले गर्नुभएको थियो।
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्