बुटवल -बुटवल उपमहानगरपालिकामा वडा नम्बर १७रानीगंजको मुख्य सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढ्दै छ। बुटवलको धागो कारखाना योगिकुटि हुँदै मगरघाट आउने ५२ फुटे सडक पुर्व पश्चिम राजमार्गको बैकल्पीक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।योगीकुटी मगरघाट रानीगंज हुँदै बेलबास बेथरी जोड्ने उक्त सडकको काम तीव्र गतिमा अगाडि बढेको हो । यस सडकको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा यातायातको सुविधा, आर्थिक प्रवर्द्धन तथा विकासको अनुभव गर्न सक्ने स्थानिय केशब पाण्डेले बताउनुभयो ।यो सडकमा हालसम्म सडक फराकिलो पार्ने, सडकको दायाँबायाँ पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ बनाउने कार्य सम्पन्न भएको छ ।
विशेषगरि यो सडक हाललाई बुटवल धागो कारखाना, योगिकुटि, मगरघाट हुदै बुटवल बेथरी सडकखण्डमा जोडिने र आगामी वर्ष तामनगर जोड्ने लक्ष रहेको स्थानिय टंक न्यौपानेले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका तिनाउ पश्चिमका नागरिक सधै बत्ति मुनिको अध्यारोमा परेको अनुभव सुनाउदै अब भने बिकासले गति लिएको स्थानिय गिता पाण्डेले बताउनुभयो ।
यो सडक निर्माण पश्चात बुटवल उपमहानगरपालिकाको पश्चिम भाग वडा नम्बर १४ ,१५, १६,१७ र १९ जोड्ने यो र योगीकुटी,मगरघाट रानीगंज,बेलबास बेथारी नागरिकलाई यात्रा गर्न सहज हुने स्थानिय नेत्र बहादुर थापाले बताउनुभयो ।
रानिगंजमा तीन किलोमिटर सडक निर्माण गर्न तिन संघ सरकारको ३ करोड ६ लाख रुपियाँमा भ्याट सहित २०८१ मंसिर १५मा निम गणेस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौताअनुसार काम भइरहेको र अहिले ४० प्रतिशत काम सकिएको इन्जीनियर बिशाल बस्यालले बताउनुभयो ।आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण सम्पन्न काम सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
बुटवलका नगरप्रमुख खेलराज पाण्डेको सक्रियता र पहलमा बुटवलको बैकल्पिक सडकको रुपमा महत्वपूर्ण सडकका रूपमा रहेको यो सडक खण्डको निर्माणको काम भइरहेको बुटवल १७ का अध्यक्ष अध्यक्ष ज्ञान बहादुर रेश्मिले बताउनुभयो ।
सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको भनाइ छ।सडक निर्माण हुन लागेपछि स्थानिय भने खुसि छन् ।
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्