बुटवल – बुटवलको राजर्माग चौराहामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । आइतबार दिउँसो बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुुटरलाई ठक्कर दिँदा सो दुर्घटना परी स्कुटरका चालक पुनको मृत्यु भएको हो ।ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्