अरबुद रोग सम्बन्धी जनचेतनामूलक कचहरि नाटक प्रदशन

अरबुद रोग सम्बन्धी जनचेतनामूलक कचहरि नाटक प्रदशन

बुटवल-बुटवल उप महानगरपालिका १७ को मोतीपुर माविमा अरबुद (क्यान्सर )रोग सम्बन्धी जनचेतनामूलक कचहरि नाटक प्रदशन गरिएको छ।
सस्थाका अध्यक्ष मणिरत्न भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ सिर्जनसिल नेपालले नाटक प्रदर्शन गरेको हो ।भने सँगालो बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुटवल उप महानगरपालिका वडा नम्बर १७ अध्यक्ष ज्ञान बहादुर रेस्मिले यो रोग सङ्ग डराएर होइन डटेर सामना गर्न सक्यो भने अरु रोगलाई जस्तै जित्न सकिने बताउनुभयो ।
बिशिस्ट अतिथी बुटवल उपमहानगरपालिका १९ का वडा अध्यक्ष चन्द्र सिंह थापाले यस अरबुद रोग पहिले अत्यन्तै खतरनाक रोगको रूपमा हेरिए पनि यस्को ४ स्टेज हुने हुँदा लक्षण देखिने बित्तिकै नै संयमित भएर समयमै उपचार गर्न सम्भव भएको हुदाँ आत्मवल बलियो बनाउन समाज ,परिवारले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो।
त्यसै गरि नेपाल अरबुद रोग निवारण सस्था जिल्ला सचीव प्रजापाल गिरिले सान्दर्भिक आवश्यक बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो। नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
सस्थाका अध्यक्ष मणिरत्न भण्डारीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने र जनचेतना मुलक नाटक प्रस्तुतीको लागि सिद्धार्थ सिर्जनसिल नेपाल लाई बिशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधि रेखा बिक , जनप्रतिनिधी देबि थारु,मोतिपुर मावि का प्राचार्य लक्ष्मण मरासिनी ,मोतिपुर मावी सह प्राचार्य बुटवल उपमहानगरपालिका १७ स्वास्थय चौकी इन्चार्ज सिद्धान्त आचार्य ,बुटवल उपमहानगरपालिका वडा नम्बर १९ उप स्वास्थ्य चौकी इन्चार्ज सुरेन्द्र आचार्य ,सस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार ज्ञानेस्वर आचार्य, सिद्धार्थ श्रेष्ठ लगाएत को उपस्थिती रहेको थियो ।
सिद्धार्थ सिर्जनशिल नेपाल द्वारा अरबुद रोग सम्बन्धि जनचेतनामुलक कचहरि नाटकमा कथा तथा निर्देशक बाबुराम घिमिरेको रहेको थियो भने कलाकार उमानन्द घिमिरे ,धर्मराज भण्डारी ,तारा ओलि,बिमला गैरे को अभिनय रहेको थियो । रोग लाग्नै नदिने तर यदि लागि हाल्यो भने परिवार,समाजको साथ र समयमा उपचार गर्न सकियो भने ठिक हुन्छ आतिन छोडेर सचेत हुन पर्ने सन्देश नाटकले प्रदान गरेको थियो ।
यसैबिच नेपालमा मंगलबार देखि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप अभियान सुरु भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगल बार देखि एचपिभी खोप अभियान सुरु गरेको हो ।यो खोप अभियान फागुन ६ गते सम्म संचालन हुनेछ ।
यहि अवसर पारेर आज जनचेतनामूलक कचहरि नाटक प्रदशन गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij