रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

भैरहवा, न्यु होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले लज्जास्पद हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यु होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जित निकालेको हो ।

 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । तर, जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ११ ओभर २ बलमा २८ रन जोड्दा अलआउट भयो र प्रतियोगितामा सबैभन्दा कम स्कोर बनाउने टिमको इतिहास समेत बनायो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निश्चल ज्ञवालीलले ४ ओभर बलिङ गर्दै ६ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रिन्स पालले ५ ओभर २ बलमा २ मेर्डनसहित १२ रन खर्चेर ५ विकेट नै लिए ।

 

न्यु होराइजनका निश्चल ज्ञवालीले ७७ रनको अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाही, शुभम घमाल र इमरान शेषले समान २–२ तथा सुरज सारु, सुप्रिम कँडेल र शिव कुँवरले १–१ विकेट लिए । बुटवलका सुनिल गुरुङले सर्वाधिक ८ रन बनाए । उसका ६ खेलाडी शून्य रनमै प्याभेलियन फर्किए । खेलमा अलराउण्ड प्रदर्शन गरेका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

 

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij