नगर प्रमुख खाँद्धारा स्थापना दिवस सफल पार्नेलाई धन्यवाद

नगर प्रमुख खाँद्धारा स्थापना दिवस सफल पार्नेलाई धन्यवाद

भैरहवा,सिद्धार्थनगर नगरपालिकाले आफ्नो ५७ औं स्थापना दिवस सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ ।

नगर प्रमुख ईस्तियाक अहमद खाँले बुधवार एक बिज्ञप्ती जारी गर्दै स्थापना दिवस सफल पार्न सहयोग गर्ने, आम नगरबासी, प्रमुख अतिथी, अतिथी तथा विशाल प्रभात फेरिमा सहभागी हुने विभिन्न संघसस्था, शिक्षक शिक्षिका, कर्मचारी, जनप्रतिनिधीहरु, राजनितक दलहरु, बुद्धिजिवी, सुरक्षा निकाय, सचांर जगत प्रती आभार एवं धन्यवाद ज्ञापन गरेका हुन्  ।

‘नगरको बिकास र सुन्दरिकरणमा हातेमालो गर्न चाहानुहुने यहाँहरु जस्तै सकारात्मक सोचका धनीहरुबाटनै यस्ता कार्यक्रमहरु सफल हुने गर्दछन्, मेयर खाँद्धारा जारी बिज्ञप्तीमा भनिएको छ,─ स्थापना दिवसको अबसरमा मगंलवार यहाँहरुको उत्साहपुर्ण सहभागिताले आगामी दिनमा काम गर्न हामिलाइ हौसला मिलेको छ ।’

उनले आगामि दिनहरुमा पनि आम नगरवासी बाट यसरी नै सहभागिता र रचनात्मक सुझावको अपेक्षा गरेको उल्लेख गरेका छन् । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाएको थियो । वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख खाँले जानकारी दिए । सिद्धार्थनगरले गत बर्षदेखी स्थपना दिवस मनाउन लागेको हो ।

प्रकाशित मिति : बुधबार, माघ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij