सिद्धार्थ मा वि मा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आशिका थापा प्रथम

सिद्धार्थ मा वि मा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आशिका थापा प्रथम

तिलोत्तमा , सिद्धार्थ मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूको अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि तिलोत्तमा नगरपालिका वडा नं ४ शङ्करनगरस्थित सिद्धार्थ मा।वि।मा २०८१ माघ २३ गते बुधबार एघारौँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

“जलवायु परिवर्तन “समस्या र समाधान’’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका २५ विद्यालयको सहभागिता रहेको थियो । निर्णायक मण्डलमा प्रा। हुमकान्त पाण्डे, साहित्यकार गिरि श्रीस मगर र प्रा। डा। हिरण्यलाल ज्ञवाली रहनुभएको थियो । निर्णायकको मापदण्डका आधारमा तय भयको नतिजा अनुसार दीप बोर्डिङ हाइ स्कुलकी छात्रा आशिका थापा प्रथम, बुद्ध पब्लिक ई।बो। हाइ स्कुलकी छात्रा अनुष्का भण्डारी द्वितीय, मिणिमुकुन्द माध्यमिक विद्यालयकी छात्रा एन्जल बेल्बासे तृतीय र दुर्गा शैक्षिक गृहकी छात्रा प्रिन्सु पौडेल चर्तुथ भएका थिए ।

‘ प्रतियोगितामा विजयी विद्यार्थीलाई क्रमश ः नगद, शिल्ड र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ट अधिवक्ता तथा प्राध्यापक तेज प्रसाद कंडेल रहनुभएको थियो । भने विद्यालयका प्राचार्य यम बहादुर रानाले सो अबसरमा स्वागत मन्तव्य राख्नुभएको थियो।

शङ्कर पौड्याल संयोजक रहनु भएको उक्त कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सह–प्राचार्य रमेश प्रसाद बस्याल, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नं। ४ का अध्यक्ष हरि बहादुर क्षेत्री ,अभिभावक सङ्घका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसान केन्द्रीय कमिटीका सदस्य तथा प्यारामाउन्टका प्राचार्य डा। दामोदर भुसाल लगायत विभिन्न विद्यालयका प्राचार्यहरुले सो अबसरमा बोल्नुभएको थियो ।

कार्यक्रममा बिध्यालयमा १० तथा २० वर्ष सेवा गरेका विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई कदर पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै यही विद्यालयबाट कक्षा १२ उत्र्तीण गरी विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो । शिक्षक मेघराज भट्टराई तथा छात्रा सम्वृद्धि बन्जाडेले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आ–आफ्ना विज्ञान तथा चित्रकलाको प्रदर्शन गरेका थिए । कार्यक्रमको बिच –बिचमा भएको विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रम सङ्गीतमय बनेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij