बुटवल उपमहानगरपालिकाको दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु

बुटवल उपमहानगरपालिकाको दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु

बुटवल , बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चोकसहित मुख्य चोकहरुमा दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु गरेको छ । बुधबार बिहान बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले दोस्रो चरणको हाइमास्ट लाईट जडान कार्यको शिलान्यास गर्नु भएको हो ।

त्यस अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो,सुरक्षित र सुन्दर शहरको रूपमा विकास गर्ने योजना अनुरूप बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि मुख्य चोकहरुमा हाईमास्ट लाईट जडानको काम सुरु बताउनुभयो । गत आर्थिक वर्षमा २३ स्थानमा हाईमास्ट लाईट जडान गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोश्रो चरणमा १७ स्थानमा हाइमास्ट लाईट जडान गरिने मेयर पाण्डेयले जानकारी दिनुभयो । बुटवलको राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चोकहरूमा जडान हुने हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल साच्चिकै उज्यालो र सुरक्षित शहरको रूपमा पहिचान बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

हाइमास्ट लाइट सँगै बुटवल उपमहानगरपालिकाले डिजिटल विज्ञापन बोर्डस् फ्लाग मास्ट लाइट समेत जडान कार्य सुरु गरेको छ । डिजिटल विज्ञापनबाट उठेको रकमबाट हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको महसुल तिर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवि अर्यालले बताउनुभयो । दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडानका लागि बुटवल उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रूपयाँमा त्रिसन्ध्या–सेफ स्टील्स जेभीसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij