तिलोत्तमा नगरपालिकामा ६ हजार ३ सय ७७ वर्गफिट क्षेत्रफलमा प्रशासनिक भवन बन्दै

तिलोत्तमा नगरपालिकामा ६ हजार ३ सय ७७ वर्गफिट क्षेत्रफलमा प्रशासनिक भवन बन्दै

तिलोत्तमा,

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रशासनिक भवन पछाडिको खालि जमिनमा सेमिनार सभाहल बन्ने भएको छ ।नगरपालिकाको बजेट नीति कार्यक्रममा छुट्याइएको बजेट मार्फत सो सभाहल बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भएको छ ।

नगरपालिकाको तीन करोड २६ लाख ५१ हजार रुपियाँको लागतमा निर्माण हुने सो सभाहल ६ हजार ३ सय ७७ वर्गफिट क्षेत्रफलमा बन्ने सो सभाहल निर्माण पछि सबैजसो नगरपालिकाको कार्यक्रमहरुमा प्रयोग गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो।नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको सो सभाहल आगामी २०८२ को कार्तिक मसान्तसम्म म्याद भएपनी यहि २०८१ असार मसान्तसम्म भ्याउने लक्ष्य निर्माण कम्पनीले राखेको छ। फुलजोर निर्माण कम्पनी प्रालि काठमाडौँको ठेक्कामा निर्माण भैरहेको सभाहल म्यादभन्दा अघि नै सकिने र करिव ३० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ।

भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ३ करोड ३१ लाख रुपियाँ रकम विनियोजन गरेको थियो । तर बोलकबोल र ठेक्का प्रक्रियामा गएको सो हल निर्माण तीन करोड २६ लाख ५१ हजार रुपियाँको लागतमा हुने भएको छ । ट्रस निर्माण र छानो हाल्ने काम भैरहेको सो हल कार्यालय भवन नजिकै भएकाले नगरपालिकाले बाहिर गर्ने ठुला कार्यक्रमहरुको समस्या टर्ने भएको छ।

प्रकाशित मिति : शनिबार, माघ २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij