थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा

थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा

 

दाङ , पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको हिजो त्यहाँ उद्घाटन गर्दै उनले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।

सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए । उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गरे । सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए

मटहवाँ सङ्घ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेका केन्द्रिय सदस्य बालकृष्ण खाँड, दिपक गिरि, गेहेन्द्र गिरि, प्रदेश सभापति अमरसिह पुनलगायतले सम्बोधन गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पश्चिम नवलपरासिदेखि कञ्चनपुरसम्मका थारु बडघर, मटहवाँको सहभागिता रहेको छ । यस अवसरमा एक सय चालिस समूहका विविध संस्कृति र परम्परा झल्कने प्रस्तुति रहने छन् ।

प्रकाशित मिति : आइतबार, माघ २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij