नवलपरासीको लोकाहामा विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा

नवलपरासीको लोकाहामा विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा निर्माण गरिएको चार्जिङ स्टेशनमा विद्युतीय गाडीहरु चार्ज हुँदै । नारायणघाटबाट २५ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै रहेको यस चार्जिङ स्टेशनमा साना, ठूला गरी एकैसाथ पाँचवटा गाडी चार्ज गर्ने क्षमता रहेको छ । तस्बिरः टेकराज पोखरेल÷रासस

नवलपरासी – नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को कावासोती नगरपालिका–११ लोकाहामा विद्युतीय गाडी चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । साना–ठूला गरी एकसाथ पाँच वटा गाडी चार्ज गर्न मिल्ने गरी स्टेशन सञ्चालनमा ल्याइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहयोगमा एक करोड रुपैयाँ लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताउनुभयो । उहाँले राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो ।

नारायणघाट–बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको अधिकारीले बताउनुभयो ।

यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्व–पश्चिम राजमार्ग भएर सञ्चालन हुने गाडीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सिर्जना भएको उहाँको भनाइ छ । गाडीको ब्याट्री क्षमतानुसार चार्जिङको समय लाग्ने र त्यहीअनुसारको शुल्क लिने गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij